स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौं बस्ने वर्ष ३२ का झाङ युआन, वर्ष ५० का निङ हाओरान,, वर्ष २४ का क्युओ हवरन, वर्ष ३६ का दिनु लयु रहेका छन् ।

बुधवार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प. २८७२ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ नगद भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर