मधेसका सभामुखले बोलाए प्रदेशसभा बैठक, मुख्यमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने

मधेसका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक बोलाएपछि मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिनुपर्ने भएका छन् ।

मुख्यमन्त्री यादवले अस्वस्थताको कारण देखाउँदै जेठ २८ मा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाए पनि सभामुख मण्डलले बैठक बोलाएका हुन् ।

बुधबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनिसकेको भन्दै त्यसलाई हटाउन सभामुखले अस्वीकार गरेका हुन् ।

एमाले र माओवादीले मधेस सरकारबाट समर्थन फिर्ता लिएको आज ३०औं दिन हो । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिने आज अन्तिम दिन भएकाले पछि सार्दा संवैधानिक जटिलता आउन सक्ने भएको भन्दै सभामुख मण्डलले आज नै बैठक बोलाएका हुन् ।

जसपा नेपाल नेतृत्वको मधेस सरकार अहिले अल्पमतमा छ । केन्द्रको सत्ता समीकरण जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर