
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले आज राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई मन्त्रिपरिषद्कै राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति मुर्मुले राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । साथै अर्को सरकार नबनेसम्म अब मोदी नेतृत्वको सरकार कामचलाउ बनेको छ । भारतमा नयाँ प्रधानमन्त्रीको सपथ ८ जुनमा हुने सम्भावना छ ।
हालै सम्पन्न भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणामअनुसार सबैभन्दा ठूलो पार्टी भाजपाबाट नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ । भाजपासहितको गठबन्धन एनडीएले बहुमत प्राप्त गरेको छ ।
मतपरिणामअनुसार कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सीटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सीट गुमाएको हो ।
प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) ले ९९ सीटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सीट बढी पाएको हो ।
यसैगरी समाजवादी पार्टीले ३७ सीट, आल इण्डिया तृणमूल कांग्रेस– एआईटीसी २९, द्रविड मुन्नेत्र कजगमले २२ सीट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सीट जितेको छ ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया