सुविधानगरको डिलरमा आगलागी हुँदा २ घाइते

काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा एक डिलरमा आगलागी हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा धनुषा घर भईको काठमाडौंको कालिमाटी बस्ने २३ वर्षको बिक्कर लामा र भक्तपुरको सूर्यविनायकका २८ वर्षीय उदय श्रेष्ठ छन् । उनीहरु डिलरमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ । सुविधानगर मार्गमा रहेको ५ तले घरको अण्डर ग्राउन्डमा दिलीपकुमार साहले सञ्चालन गरेको गु्रप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो ।

आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदाममा ग्याँस लिकेज भई आगलागी भएको बताईएको छ ।
आगलागी नियन्त्रणको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज जुटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *