वातावरण दिवसमा भारतीय दूतावासको वृक्षरोपण

वातावरण दिवसको अवसरमा बुधबार नेपालस्थित भारतीय दूतावासले वृक्षरोपण गरेको छ । दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो ।

ललितपुर–१ स्थित संकटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको कार्यक्रममा वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी, ललितपुरका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमी पनि सहभागी थिए । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको दूतावासले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए । उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा बिरुवा रोपेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *