भारतीय लोकसभा निर्वाचनमा भाजपा २४० सिटमा विजयी, अन्य कसले कति सिट जिते ?

भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सीटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सीट गुमाएको हो ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) ले ९९ सीटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सीट बढी पाएको हो ।

यसैगरी समाजवादी पार्टीले ३७ सीट, आल इण्डिया तृणमूल कांग्रेस – एआईटीसी २९, द्रविड मुन्नेत्र कजगमले २२ सीट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सीट जितेको छ ।

कसले कति सिट जिते हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस । 

भारत लाेकसभा मत परिणाम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर