आईसीसी टी २० विश्वकप : नेपालविरुद्ध नेदरल्यान्ड्स ६ विकेटले विजयी

म्याक्स ओ‘डोडको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित निकालेको छ ।

मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओ‘डोडले ५४ रन बनाए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओ‘डोडले ४१ रनमा खेलिरहँदा सोमपाल कामीले गरेका १७.२ ओभरमा जीवनदान पाएका थिए । उनको सहज क्याच नेपालका कप्तान रोहितकुमार पौडेलले छुटाएका थिए ।

यसबाहेक, डच टिमको जितमा विक्रमजित सिंहले २२, साइब्रान्ड एन्गलब्रेटले १४ र बास डे लिडेले अविजित ११ रन बनाए ।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *