बजेटमार्फत करका दरमा गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योलता देखियो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयकर, भन्सार, अन्तःशुल्कका दर र मूल्य अभिवृद्धिकरको व्यवस्थामा बजेटमार्फत गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योलता सिर्जना भएको बताएका छन् ।

मंगलवार महसंघमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले विशेष गरी कृषि र कृषिजन्य उत्पादनमा लागतमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको क्यारिफवाड र फिर्ता समेत नपाउने व्यवस्थामा उद्यमी व्यवसायीको चिन्ता र चासो देखिएको बताए ।

अध्यक्ष ढकालले आयातित माल वस्तु बोकेको दुवानी साधनमा थप गरिएका भन्सार महशुल र कच्चा पदार्थमा बढेको भन्सार, औषधिजन्य सामग्रीमा लागेको मूल्य अभिवृद्धिकर, कैलाजन्य वस्तुमा लागेको हरितकरले उत्पादन लागत बढ्न गई स्वदेशी उद्योगको प्रतिष्पर्धी क्षमतामा ह्रास आएको बताए । उनले बजेटमा फलामे छडको अन्तःशुल्कमा भएको परिवर्तनले केही वर्षयता उद्योगीहरु अन्योलमा रहेको बताए ।

उनले भुतप्रभावित कानूनहरु बजेटमा समावेश हुन थालेको कारणबाट नीतिगत स्थायित्व नहुँदा बजारमा सकारात्मक सन्देश नगएको उल्लेख गरे । उनले भुतप्रभावित कानूनहरुले क्षणिक रुपमा राजश्व संकलन भएपनि लगानीमा दिर्घकालिन असर देखिने दाबी गरे । उनले सरकारले नीतिगत स्थायित्व दिएमात्रै लगानीको वातावरण बन्नसक्ने अवस्था रहेको बताए ।

‘महासंघसँग आवद्ध विभिन्न संस्थाहरुबाट हालसम्म प्राप्त सुझावहरुलाई हेर्दा आयकर भन्सार,अन्तशुल्कका दर र मूल्य अभिवृद्धिकरको व्यवस्थामा गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योलता देखिएको छ’ उनले भने, ‘विशेष गरेर कृषि र कृषिजन्य उत्पादनमा लागतमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको क्यारिफवाड र फिर्ता समेत नपाउने व्यवस्थामा उद्यमी व्यवसायीको चिन्ता र चासो देखिएको छ ।’

उनले राजश्व प्रशासन सम्वद्ध सेवालाई विगतका वर्षदेखि मुहार रहित बनाउने बजेटमा समावेश भएपनि पूर्णरुपमा स्वचालित हुन अहिलेसम्म नसकेको बताए । अध्यक्ष ढकालले स्टार्ट अप नीति पारितले अब स्टार्ट अप बिस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । उनले दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रश्तुत गरेको नीति मन्त्रीपरिषदले पारित गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर