संघीय संसदमा सांसदहरुको संख्या नै बढी भयो : डा. चन्द्रकान्त भण्डारी

नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन्।

निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष थियो।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए। उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए।

सांसद भण्डारीले भने, ‘बजेटलाई कार्यान्वयनतर्फ जोड दिने हो भने सबै बजेटहरु यस्तै हुन। र यो घाटा बजेट पनि हो। यसको आधारमा नैरश्यता भएको होइन। तर कुरा के हो भन्नु हुन्छ भने–प्रत्येक माननीयज्युहरुलाई मेरो जिल्लामा के प¥यो भन्ने हुन्छ नि। त्यसको कितावहरु आएको छैन मन्त्रालयहरुबाट। त्यसको आधारमा फेरि बजेटको एक्टिभिटी बढ्छ। सरकारले ल्याउनका निम्ति ढिलो ग¥यो। दोस्रो यो हो। तेस्रो के हो भने मैले हिजो सदनमा पनि बोलेको छु । यो संख्या नै बढी भयो। सुविधा पनि छैन, अध्ययन पनि छैन। सख्या बढि भयो। संख्या कसरी बढि भयो भने एकातिर इलेक्सनबाट लडेको छ। अर्कातिर समानुपातिकबाट आएको छ। एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ? के लिएर जाने भन्ने छ? र, संख्या बढि भएको कारणले पनि यो समस्या आएको हो। चौथो कुरा कोही गम्भिर छैन। एउटा मन्त्रीले नीति, कार्यक्रम ल्याउँछ। त्यही नीति, कार्यक्रम अर्को मन्त्रीले पढछ। कतिबेला सरकार जाने, कतिबेला मन्त्री जाने? त्यो पनि छैन। त्यसैले यी समस्या देखिएको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर