नक्कली शैक्षिक प्रमाणपत्र बुझाएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साह महोत्तरीको बलवा नगरपालिका–९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा २०६९ असोजदेखि अनुदान कोटामा शिक्षक पदमा कार्यरत थिए । अख्तियारले उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *