योगेश भट्टराईको आरोपः बालेनले संयमता गुमाउँदै गए
एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले संयमता गुमाउँदै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको उनको भनाइ थियो ।
उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे । एमालले महानगरको नेतृत्व गर्दा काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको भट्टराईको भनाइ थियो । उनले मेयर बालेन काठमाडौलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गरे ।
तर उत्तेजना फैल्याएर, उच्छृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य, सपनालाई धोका नदिन आग्रह गरे ।
‘उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन जितेर आउने बित्तिकै तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रम बजाउने उपहार दिनुभएन । बालेन्द्र साहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । करुणा, प्रेम, सदभाव र संयमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै जानु भएको छ । मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो । हामीलाई दुख लागेको छ,’ भट्टराईले भने ।
उनले एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताए ।
प्रतिक्रिया