जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरुमा बढी असर परेको छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरुमा असर परेको बताएकी छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्युनिकरणका लागि पहल गनुपर्नेमा जोड दिएकी हुन् ।

उनले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरुलाई खासै जानकारी नभएपनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरुलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन् ।

उनले भनिन् ‘शहरमा बस्ने मानिसलाई त्यत्ति थाहा हुँदैन । यो जलवायु परिवर्तनका कारण के भइरहेको छ, कस्तो असर भइरहेको छ भन्ने । किनभने अस्पतालहरु सबै यहीँ छ । जो हिमाल र पहाडको विकट ठाउँमा बस्नेहरुलाई यसले ठूलो असर पारेको छ । बालीहरु पहिलाको जस्तो फलाउन नसक्ने समस्याहरु उहाँहरुले राख्नुभएको थियो । जलवायु परिवर्तनले गर्दा अहिले त्यहाँ उत्पादन हुन सक्दैन । जलवायु परिवर्तनले गर्दा विशेष गरी गर्भवती महिलाहरु, वृद्धवृद्धा र बालबालिकाहरुमा बढी असर परेको हुन्छ । बाढी तराईमा जाने कुरा बढी वर्षाका कारणले हुन्छ । त्यसको असर धेरै छ । सरकारले धेरै कुराहरुको व्यवस्थापन गर्नुपर्नेछ । जलवायु परिवर्तनका कुराहरु कसरी छिटो व्यवस्थापन गर्ने भन्नेकुरामा हामीले विशेष ध्यान दिनुपर्छ ।’
उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएकमो उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरुको पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गरिन्। उनले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आजदेखि नै सबै मिलेर लाग्न्ुको विकल्प नरहेको बताइन् । उनले नेपालमा भएका प्राकृतिक श्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजानसके समृद्ध देश बनाउन सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर