नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुगे नेपाली टोली

आइसीसी ट २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दै छ ।

खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसाबले सम्पूर्ण रूपमा राम्रो तयारी गरिरहेको बताए । उनले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताए ।

उनले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताए । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताए ।

उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरू उत्साहित रहेको बताए । उनले दर्शकको उपस्थिति पनि बाक्लो रहने अपेक्षा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर