आजको खेलमा जसले प्रेसर ह्यान्डल गर्नसक्छ म्याच उसैले जित्छ : कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन्।

विश्वकप सुरु हुनुअघि भएको प्रि म्याच कन्फ्रेन्सका क्रममा उनले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताए। उनले १० वर्षपछि नेपालले टी–२० विश्वकप खेल्न लागिरहेको भन्दै सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताए।

उनले अहिलेका खेलाडीहरूको सपना आज पूरा हुन लागेको भन्दै पहिलो खेल जित्नु हाम्रा लागि निकै महत्त्वपूर्ण रहेको र आफूहरू त्यसका लागि तयार रहेको बताए।

उनले भने, ‘नेपाली क्रिकेट जगतका लागि यो राम्रो अवसर हो। नेदरल्याण्ड्ससँग धेरै खेल खेलेको अनुभव हामीसँग छ र आजको खेलमा जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले म्याच पनि जित्छ। हामी बेस्ट दिनेछौँ। टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसले एउटा आत्मविश्वास पनि दिन्छ।’

उनले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको पनि बताए। नेपाल र नेदरल्यान्ड्सबीचको खेल आज राति ९ः१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर