सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गरिने

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोङ्गबुले आज यहाँ आयोजना गरेको ‘लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उहाँले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताएका हुन् । नयाँबसपार्क देशभरका यात्रु आवतजावत गर्ने थलो हो, यहाँको शान्ति सुरक्षालाई काठमाडौँ प्रहरीले पहिलो प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइ लागू गरेको छ, उनले भने ।

प्रमुख रजौरेले सानै उमेरदेखि आफ्ना बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए । उनले व्यवसायीले दुःख गरेर कमाएको पैसाप्रति गिद्धे नजर लगाउने प्रहरीलाई कारबाही गर्ने स्पष्ट पारे । समुदायको साथविना प्रहरीले काम गर्न नसक्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सबै व्यक्ति इमान्दार भएर अगाडि बढे नयाँबसपार्क क्षेत्रभित्र देखिएको समस्या समाधान हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर