चितवनको सौराहालाई हनिमुन सिटी बनाऔं : सांसद गुरुङ

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आव २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताए।

उनले नवविवाहित जोडी घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्नेमा जाेड दिए। त्यस्तै, रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ।

सांसद गुरुङले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए। यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनको भनाइ छ।

उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताए।

सांसद गुरुङले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजश्व उठ्ने बताए।

त्यस्तै, घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर