यस्तो छ गोदावरीका मेयरसहित १४ विरुद्ध अख्तियारको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरीका मेयर गजेन्द्र बहादुर महर्जनलगायत विरुद्ध अख्तियारले एक अर्बभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेको छ ।

गोदावरीका लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा मेयर महर्जनसहित भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । मुद्दा पर्नेमा मेयर महर्जन, ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक छन् ।

आयोगले २०७५ देखि २०८० सम्म पाँच आर्थिक वर्षमा खनिजजन्य पदार्थ निकासी करमा भ्रष्टाचार गरेको आरोप लगाएको छ । मेयर महर्जनसहित आरोपीहरुले प्रदेश सरकारले तोकेको निकासी कर नौ रुपैयाँ लिनुपर्नेमा दुई रुपैयाँ ७५ पैसामात्र लिएर प्रदेश तथा स्थानीय सरकारलाई घाटा र व्यक्तिगत फाइदा लिएको अभियोगपत्रमा दाबी गरेको छ ।

उनीहरुले सरकारी दररेट कम गरेर १ अर्ब ४ करोड ८७ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कांग्रेसबाट निर्वाचित मेयर महर्जन यसअघि २०७४ को स्थानीय तहको चुनावमा पनि मेयरमा विजयी भएका थिए ।

आयोगले मेयर महर्जनसहित उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु बिश्वराज मरासिनी, कृष्णप्रसाद जैसी,प्रविन कोइराला र वीरेन्द्रदेव भारतीलाई समेत प्रतिवादी बनाएको छ ।

यस्तै राजस्व समितिका सदस्य सचिव यमलाल बेलवासे, राजस्व शाखा प्रमुखहरु श्रीराम आचार्य र श्रीकण्ठ घिमिरे, माली निर्माण सेवाका प्रकाश माली, कर्मा कन्स्ट्रक्सनका रवि महर्जन, सप्तपथ कन्स्ट्रक्सनका मदन केसीलगायत १४ जनालाई प्रतिवादी कायम गरेर सोमबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

यस्तो छ अभियोगहरु:





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *