गिरीबन्धु टि–इस्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस्

एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सञ्चारकर्मीको गिरीबन्धु टि– इस्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर साहलाई सोध्न आग्रह गरे । मेयर साहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

सोमबार मेयर साहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *