आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समीक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए ।

उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए । मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको उनको भनाइ छ ।

गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए । नेपालको लगानी, पुँजीगत खर्च उत्पादनशील नभएको उनको भनाइ छ ।

लगानी उत्पादनशील बनाउन राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको अधिकारीले बताए ।

‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमानदारीपूर्वक ल्याउनुभएको छ । खोतल्दै जाँदा निस्केलान् कतिपय कुराहरु, त्यो अलग कुरा हो । बजेटको सबैभन्दा महत्वपूर्ण पक्षा निजी क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ भनेर बारम्बार सम्बोधन गर्न खोजिएको छ । निजी क्षेत्रको महत्वपूर्ण माग थियो,’ उनले भने ।

गभर्नर अधिकारीले बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फीति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर