तीन शीर्ष नेताबीचको भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारूढ एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले बताए ।

यसअघि प्रधानमन्त्री दाहालले सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

पछिल्लो समय कांग्रेसले संसद्मा अवरोध गरेको थियो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्ने भएपछि भने कांग्रेसले संसदमा विरोध रोकेको छ । तर, कांग्रेसका सांसदहरुले सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

यस्तै, एमाले अध्यक्ष ओलीले सरकारले सत्तारुढ दलसँग छलफल नगरी बजेट ल्याएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् । बजेटबारेको छलफलमा एमाले सांसदहरुले बजेको आलोचनात्मक विश्लेषण गरेका छन् ।

सत्तारुढ दलबीचकै पछिल्लो असमझदारी तथा कांग्रेसको मागहरुको बारेमा शीर्ष नेताबीच वार्ता भएको प्रधानमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर