केपी ओलीज्यू १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला : बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा ओलीमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोही नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्– १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।

झापा गिरीबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

IMG_20240603_103145-1717390097.jpg

नोट :   ‘केपी ओलीज्यू १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला : बालेन’  हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । #डेक्स

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर