बजेटले आर्थिक अनुशासन कायम राख्न सकेन : सांसद रोकाय

नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले आर्थिक वर्ष २०८१/०८२ को बजेट आर्थिक अनुशासन कायम नगर्नेगरी आएको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद रोकायले बजेटले आर्थिक अनुशासन कायम राख्नेगरी नआएको बताएका हुन् । उनले बजेट आकारमा ठूलो, महत्वकांक्षी र वितरणमुखि भएकोले कार्यान्वयन हुन नसकेको बताए । उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुरुप आउन नसकेको जानकारी गरे ।

बजेटले निजी क्षेत्रलाई निराशा जगाएको उनको भनाइ रहेको छ । बजेटले युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट रोक्न नसकेको र दीर्घकालिन योजना ल्याउन नसकेको उनले बताए । सरकारले लक्ष्य अनुरुप आन्तरिक ऋण उठाउन सम्भव नभएको उनको भनाइ रहेको छ । बजेटले साना उद्योगलाई कम प्राथमिकता दिएको र राष्ट्रिय गौरवको आयोजनामा पनि कम बजेट परेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *