
बजेटमा असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्योः ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बजेटप्रति असन्तुष्टि नरहेको बताएका हुन् ।
सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’
संसदमा आजदेखि आगामी आर्थिक् वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।
प्रतिक्रिया