समाचार संकलक, ओभरसियर हुँदै सहकारी खोलेर डेढ अर्ब ठगी

नेपाल प्रहरीले एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले सीबी लामा भनिने तामाङलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले तामाङमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त कम्पनीको विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए ।

२०८० फागुन २० देखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भई फरार रहेका सीबीलाई समातिएको एसएसपी भट्टराईले बताए ।

‘२०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ । प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ दुई तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ । खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो । २०८१ जेठ १८ मा चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ । उमेर ४९ वर्ष रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस ८ रहेको छ । २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको, २०५२ भदौ तत्कालीन सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको हुनुहुँदो रहेछ,’ एसएसपी भट्टराईले भने ।

लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर