काठमाडौं महानगरमा २५८ नगर प्रहरीका लागि आवेदन माग

काठमाडौं महानगरपालिकाले २ सय ५८ जना नगर प्रहरी जवानको माग गरेको छ ।

शनिबार एक सूचना प्रकाशित गरी महानगरले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन माग गरेको हो ।

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई दरखास्त दिन आग्रह गरेको छ ।

महानगरका अनुसार ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर