मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेपछि बालेनले किन गरे सिंगापुर भ्रमण रद्ध ?
१८ जेठ २०८१ २१:३३
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् ।
यही जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए ।
उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो।
सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिटमा सहभागी हुन मेयर साह जाने तालिका थियो । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणमा समय दिनुपरेपछि उनले सिंगापुर नजाने निर्णय लिएका थिए ।
प्रतिक्रिया