सव-इन्जिनियरद्वय भट्टराई र अर्याल घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका दुईजना सब(इन्जिनियरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका सब-इन्जिनियर राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरूले मन्दिर निर्माणको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस रकम लिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर