बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिए पनि कार्यान्वयन गर्ने कार्ययोजना सरकारसँग छैन : पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिए पनि कार्यान्वयनको कार्ययोजना नभएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको मुलुकको आर्थिक अवस्था र बजेटसमीक्षा विषय कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजनाबिना प्रस्तुत गरेको बताए।

उनले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौती रहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भए पनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको दाबी गरे।

बजेटमा ऋणको हिस्सा बढाउनु राम्रो नभएको उनको भनाइ थियो। उनले निजी क्षेत्रको मनोबल बढाउनेभन्दा पनि निराशा थप्ने बजेट आएको टिप्पणी गरे।

उनले सरकारले एक वर्षमा परिणाम निकाल्ने कार्ययोजनासहित बजेट ल्याउन पर्ने भए पनि त्यस्तो नभएको जिकिर गरे। उनले निजी क्षेत्रलाई मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने मात्रै भनिएको तर ठोस कार्ययोजना सरकारसँग नभएको बताए।

उनले आफूले प्याज, आलु र स्याउमा भ्याट भन्सारबिन्दुमा लगाएको तर अर्थमन्त्रीले प्याज, आलु र स्याउमा भ्याट हटाएको भन्दै आन्तरिक उत्पादनलाई प्रोत्साहित हुने झुटो कुरा गरेको बताए। उनले प्याज, आलु र स्याउ आयात गर्ने व्यवसायीहरुको कुरा सुनेर भ्याट हटाइएको आरोप लगाए।

उनले सरकारले ल्याएको बजेट समग्रमा ६ प्रतिशतको आर्थिक वृद्धि भने पनि ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि नहुने बताए। उनले सरकारले बजेट वितरणमूखी ल्याएको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर