विकटका बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार्दै सुहासा फाउण्डेशन

सुहासा फाउन्डेशनले डडेल्धुराको भागेश्वर गाउँपालिका–४ नौगाउँस्थित कालिका आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ। बिहीबार एक कार्यक्रमका बीच फाउन्डेशनले ५ वटा कम्प्युटर हस्तान्तरण गरेको हो।

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीको प्रमुख आतिथ्यतामा आयोजितक कार्यक्रममा फाउन्डेशनले तीन लाख २५ हजार मूल्यका डेलको ब्रान्डेड कम्प्युटर सहयोग गरेको हो।

यसका साथै फाउन्डेशनले भायनेटको वायरलेस इन्टरनेट र एकवर्षको रिचार्ज खर्चसहित शिक्षक कर्मचारीलाई कम्प्युटरसम्बन्धी आधारभूत तालिम पनि दिएको फाउन्डेशन सदस्य वीरेन्द्र मोहन सावदले जानकारी दिए। विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकोमा विद्यालयका प्रधानाध्यापक भुवनराज भट्टले फाउन्डेशनलाई धन्यवाद दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *