दोस्रो पटक आवेदन दिँदा पनि सन्दीपले पाएनन् अमेरिकाको भिसा

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाउन दोस्रो पटक दिएको आवेदन पनि अस्वीकृत भएको छ । लामिछानेले आज भिसाका लागि अन्तर्वार्ता दिएका थिए । तर, उनी भिसा पाउन असफल रहे ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्न लागेको आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान लामिछानेले भिसाका लागि आवेदन दिएका थिए ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरे पनि उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । त्यसपछि उनले भिसाका लागि प्रयास गर्दा एक वर्षअघि नै अमेरिकाले लामिछानेको भिसा रद्द गरिसकेको जानकारी पाएका थिए ।

लामिछानेले भिसा पाउने आसमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ जना खेलाडीको नाम मात्र आईसीसीलाई बुझाएको थियो । तर, अब पुरानै १५ जनाको टोली विश्वकपमा सहभागी हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर