अपरेसन ब्ल्याक ब्याग : यसरी पक्राउ परे वृद्धा हत्याका आरोपी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाकी ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । सीआईबीले यो अपरेसनलाई ‘ब्ल्याक ब्याग’ नाम दिएको थियो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ शिवनगरका २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा–६ का ४३ वर्षीय धनबहादुर कामी छन् ।

प्रहरीका अनुसार वृद्धाको हत्या लुटपाटका लागि भएको थियो । घटनाको दिन घर वरपर अस्वाभाविक गतिविधि भएपछि विष्णुमायाले काठमाडौंमा रहेका छोरा प्रकाशलाई फोन गरेकी थिइन् । प्रकाशले छिमेकी श्रीप्रसाद सिटौललाई फोन गरी आफ्नो घरमा चो पसे जस्तो छ गएर हेरिदिनु भएका थिए । सिटौला घर पुगेर विष्णुमायासँग कुराकानी गरेर फर्किएका थिए ।

तर, बिहान विष्णुमायाले लामो समयसम्म ढोका नखुलेपछि सिटौला भित्र छिर्दा उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार त्यतिबेला उनको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

प्रहरीका अनुसार महेशले चोर्न जान र वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेका थिए । यस्तै, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको जनाएको छ ।

उनीहरुको साथबाट बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर