बजेट सन्तुलित र समयसापेक्ष छ : अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सकारात्मक भएको टिप्पणी गरे ।

उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको उल्लेख गरे । अध्यक्ष केसीले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत क्षेत्रमा प्राथमिकता साथ बजेट छुट्याउनु बैंकिङ क्षेत्रलाइ फाइदा हुने विश्वास व्यक्त गरे ।

उनले निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर भएको दाबी गरे । केसील बैंकमा अधिक तरलता भएको अहिलेको अवस्थामा सरकारले बजेटमार्फत सरकारले लिएको नीतिले लगानीका लागि थप सहज हुने जिकिर गरे ।

उनले यसका लागि सरकारसँग बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको घोषणा गरे । विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको केसीको भनाइ छ । बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको र आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरूलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने उनले टिप्पणी गरे ।

उनले सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्ने जस्ता सुुझाव भने बजेटले पूरा नगरेको बताए । सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको भन्दै नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर