तौलिहवा मालपोतका नासु खनालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरि खनालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले घुस ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो । उनलाई ३० हजार बिगो, जरिवाना र कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *