गोप्य भिडियो खिचेर यौनसम्बन्धका लागि ब्ल्याकमेल, एक पक्राउ

गोप्य भिडियो खिचेर यौनसम्पर्क र रमकका लागि ब्ल्याकमेल गर्ने एक जना पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३६ नयाँ बसपार्क बस्ने ३० वर्षीय सन्तोष किसानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

सन्तोषले सामाजिक संजालमार्फत चिनजान भएका महिलाहरूलाई प्रलोभन पारेर शारीरिक सम्बन्ध राख्ने, गोप्यरूपमा फोटो तथा भिडियो खिचेर आफन्तहरूलाई पठाइदिन्छु भन्दै रकम माग गर्ने तथा पुनःशारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पारी आपराधिक लाभ लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर