एमाले महिला भेला : आज १२ समूहमा छलफल हुँदै
१७ जेठ २०८१ ११:३४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् ।
एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यान्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।
महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ ।
प्रतिक्रिया