काँग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको  विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९)र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मेका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् । उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री भएका त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उनले काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *