८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाऔँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै हिम नदीहरू क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए ।

‘हामीसँग भएका हिमालहरूका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ । फलस्वरुप अहिले हिउँ नदीहरू क्रमशः सुक्ने अवस्थामा छन्,’ कार्कीले भने ।

हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेको कार्कीको भनाइ छ । ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ । ‘आरोहणलाई नियमन गर्न जरुरी छ । यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ । अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब ८ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर