सूर्य थापाको संयोजकत्वमा सहकारी अपचलन छानबिन समिति गठन

सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनेको सात सदस्यीय संसदीय विशेष छानबिन समितिको संयोजक नेकपा एमालेको सांसद सूर्य थापा तोकिएका छन् । मङ्गलवार गठित समितिको संयोजक थापा तोकिएका हुन् ।

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराए ।

काँग्रेस र एमालेका तर्फबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १/१ जना सदस्य समितिमा रहेका छन् । जसअनुसार काँग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् ।

शीर्ष नेताहरूमा भएको सहमतिअनुसार छानबिन समितिको कार्यादेश आजै बसेको कार्यदलको बैठकले टुङ्ग्याएको थियो ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ ।

काँग्रेससहित विपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समितिको माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *