आर्थिक कूटनीति बढाउने योजना, परराष्ट्र मन्त्रालयलाई पौने ८ अर्ब बजेट

सरकारले आर्थिक कूटनीतिलाई प्रभावकारी र परिणाम बनाउने बताएको छ ।

आर्थिक आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक लगानी, व्यापार, पर्यटन प्रवर्द्धन र विकास सहायता परिचालन गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी र परिणाममुखी बनाइने बताएका हुन् ।

उनले परराष्ट्र मन्त्रालयको लागि रु. ६ अर्ब ७७ करोड विनियोजन गरेको जानकारी दिए ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकता एवं नेपालीको हित प्रवर्द्धन गर्दै सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिनेछ,’ मन्त्री पुनले भने ।

अन्तर्राष्ट्रिय, बहुपक्षीय तथा क्षेत्रीय मञ्‍चमा नेपालको उपस्थिति सशक्त बनाइने तथा विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार र संरक्षण गरिने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *