५ वर्ष नवीकरणका लागि एनसेलको निवेदन
१५ जेठ २०८१ १५:०२
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ५ वर्ष नवीकरणको लागि निवेदन दिएको छ । एनसेलले सोमबार नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको हो । एनसेलको नवीकरण भदौमा सकिँदै छ ।
नवीकरणबापत एनसेलले २० अर्ब रुपैयाँ बुझाउनुपर्ने हुन्छ । एनसेलले किस्ताबन्दीमा बुझाउने गरी पहिलो वर्षका लागि ४ अर्ब रुपैयाँ प्राधिकरणमा बुझाइसकेको छ । निवेदनमा हरेक वर्ष ४ अर्ब रुपैयाँ नवीकरण शुल्क बुझाउने उल्लेख छ ।
प्राधिकरणले एनसेललाई यही जेठ ४ मा नै नवीकरणका लागि एनसेललाई पत्र काटेको थियो । २००४ मा स्थापना भएको एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा निरन्तर सेवा दिँदै आएको छ ।
प्रतिक्रिया