यी २९ सहकारीमाथि छानबिन गर्न सहमति

सहकारी ठगी प्रकरण संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति भएको छ । समितिको क्षेत्राधिकार टुंगो लगाउन बनेको सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले आज सहमति गरेको हो ।

समितिले समस्याग्रस्त २९ सहकारीमाथि छानबिन गर्ने गरी टीओआर टुंगो लागेको छ । कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ ।

७ सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ मा सत्तापक्षबाट संयोजक र ३ जना, विपक्षीबाट ३ जना सदस्य हुनेछन् । समितिलाई छानबिनका लागि ३ महिनाको समयावधि दिइएको छ ।

संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने भएको छ ।

यस्तो छ सहमति पत्रः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *