सहकारी ठगी प्रकरणमा छानबिन समितिको ४ बुँदे क्षेत्राधिकारमा सहमति

सहकारी ठगी प्रकरण संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा ४ वटा बुँदामा सहमति भएको छ ।

संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने विषय कार्यादेशमा रहने भएको छ ।

समितिको क्षेत्राधिकार टुंगो लगाउन बनेको सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले आज सहमति गरेको हो । सोमबार राति नै बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठकले क्षेत्राधिकारबारे करिब टुंगो लगाएको थियो ।

त्यही समझदारीलाई कार्यदलको आज बसेको बैठकले सहमतिको रुप दिएको हो । कार्यदल सदस्य महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिनेछ ।

रास्वपाबाट कार्यदलमा सहभागी शिशिर खनालका अनुसार समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *