नवजात शिशुलाई मध्यरातमा अर्काको घरको ढोकामा राखेर फरार

पोखरामा नवजात शिशुलाई अरुको घरको ढोकामा राखेर सम्बन्धित व्यक्ति फरार भएको फेला परेको छ ।

पोखरा महानगरपालिका–८ जाल्पारोड स्थित ४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्यक्तिले नवजात शिशु छोडी फरार भएका हुन् । ती व्यक्तिले गत राति पौने १ बजेतिर शिशुलाई छोडेका थिए ।

अस्थायी प्रहरी पोस्ट सृजनाचोकबाट खटिएको प्रहरी टोलीले शिशुको उद्धार गरेको छभने उपचारका लागि खटिइ गई उद्धार पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ । शिशुको अवस्था मध्यम रहेको, बिरामी भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर