महिला ट्राफिक प्रहरीले महिनावारीको बेला सडकमा ड्युटी गर्नु नपर्ने

महिला ट्राफिक प्रहरीले महिनावारीको बेला सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । महिला ट्राफिक प्रहरीका साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने गृहमन्त्री लामिछानेले जानकारी दिएका छन् ।

‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास : अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ,’ लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *