सुनको मूल्य तोलामा ४ सयले बढ्यो

आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । सोमबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *