काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

काँग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *