देशभर बन्यो ३४ हजार दुई सय ६७ किलोमिटर सडक

सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राखेको सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा सडक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता हासिल भएको उल्लेख छ । गत फागुनसम्म देशभर १८ हजार दुई सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै, सात हजार छ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्याङ्क छ ।

कूल सडकमध्ये ५३ दशमलव दुई प्रतिशत कालोपत्रे, २२ दशमलव दुई प्रतिशत ग्राभेल र २४ दशमलव तीन प्रतिशत कच्ची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर