मेयर बालेनलाई सडक विभागले भन्यो- अराजकता देखाए प्रतिकार हुन्छ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएपछि विभागले पनि प्रतिकारको चेतावनी दिएको छ । चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदुषण बढेको कारण देखाउँदै शनिवार महानगरपालिकाले विरोधस्वरुप विभागअगाडि फोहोर फालिदिएको थियो ।
विज्ञप्तिमा मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको उल्लेख छ । ‘काठमाडौँ जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा शनिवार न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया