एसएसपीमा बढुवा तयारी, यी हुन् दाबेदार

प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा रिक्त ४ दरबन्दीका लागि बढुवाको तयारी सुरु भएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गरिएपछि उनीहरुको स्थानमा बढुवाको तयारी थालिएको हो ।

गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले एसएसपीमा बढुवा सिफारिस गर्नेछ । समितिमा आईजीपी र उनले तोकेका एआईजी सदस्य छन् ।
बढुवाको दाबेदारमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेत छन् । विभागमा नै २०५५ इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी श्यामकृष्ण अधिकारी पनि बढुवाको प्रतिस्पर्धामा छन् । एसपी हिराबहादुर पाण्डे पनि बढुवाको दाबेदार छन् ।

यस्तै, २०५६ मा इन्सपेक्टरमा भर्ना भएका नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल, विमलराज कँडेल र भीमबहादुर दाहाल बढुवाको दाबेदार छन् ।
२०५८ मा इन्सपेक्टरमा भर्ना भएका रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगर लगायत बढुवाका बढुवाको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर