सन्दीपले पाएनन् अमेरिकाको भिसा

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।

भिसा नपाएपछि उनी अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन नपाउने भएका छन् । बलात्कार मुद्दामा हालै उच्च अदालत पाटनबाट सफाइ पाएका लामिछानेले विश्वकप खेल्ने अपेक्षा गरिएको थियो ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको पनि थियो । तर, विगतको भिसा रद्द गरेको अमेरिकाले उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर